स्वास्थ्य

नेपालमा ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगमा अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले खोपको प्रयोगमा अनुमति दिने निर्णय गरेको हो । 

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको खोप नेपालमा आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिइएको विभागले जनाएको छ ।

‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यसअघि नै यो खोप प्रयोगको लागि अनुमति दिइसकेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *