अर्थ

हुम्लाबाट निजी क्षेत्रका एयरलाइन्सले सहुलियत दरमा उडान भर्ने

हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त उडान सुरु गरिएको हो ।

नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्ने सबै एयरलाइन्सले सहुलियत उडान पुनः सुरु गरिएको कार्गो व्यवसायी विष्णु रावतले बताए । न्यून आयस्रोत भएका व्यक्तिलाई लक्षित गरी एयरलाइन्सले सहुलियत उडान भर्न सुरु गरिएको उनले बताए । 

नेपालगञ्जबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही राहत पुगेको छ ।

नयाँ सहुलियत उडानको भाडादर सीता एयरलाइन्सले र तारा एयरलाइन्सले रु छ हजार तथा नेपाल एयरलाइन्सले रु पाँच हजार ९७५ तोकेको बताइएको छ ।

सबै एयरलाइन्सले हप्तामा एक/एक उडान भर्न सुरु गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *