अर्थ

पेट्रोल, डिजेल र मट्टितेलको भाउमा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको भाउमा वृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी उक्त पदार्थको भाउ वृद्धि गरेको हो ।

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल, डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः रु ११० र ९३ प्रतिलिटर कायम गरेको छ ।

हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर रु ४.३४, डिजेलमा प्रतिलिटर रु २.९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३४.७२ घाटा रहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *