पालिका खबर

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

भरतपुर । भरतपुर महानगरपालिका–२२ मा घरेलु तथा साना उद्योग प्रदर्शनीकक्षको शिलान्यास गरिएको छ ।

कक्षको महानगर प्रमुख रेनु दाहालले सोमबार शिलान्यास गर्दै  उनले प्रदर्शनीकक्षको सञ्चालनले स्थानीय उत्पादनको बजारीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताइन् । यसले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा बढवा दिने उनको भनाइ थियो । 

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले औद्योगिक विकासमार्फत उत्पादकत्व वृद्धि गर्दै समृद्धिको दिशा तय गर्न सकिने बताए । 

प्रदेश वन पर्यटन तथा वातावरण मन्त्रालयका सचिव डा सिन्धुप्रसाद ढुङ्गानाले प्रदेश सरकारले औद्योगिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *