अर्थ

तीव्र रूपमा निर्माण गरिंदै मदन भण्डारी मार्ग

काठमाडौं । राष्ट्रिय गौरवको योजना अन्तर्गत  सप्तरीको रुपनगर चोकदेखि उदयपुरको सिवाइसम्मको मदन भण्डारी मार्गको निर्माणकार्य अहिले तीव्ररुपमा भइरहेको छ ।

विसं २०७५ फागुन १ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलान्यास गरेको मदन भडारी मार्गको निर्माणकार्य तीव्ररुपमा भइरहेको स्थानीयवासी उत्तम अचार्यले जानकारी दिए । 

सो मार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगर चोकदेखि चर्खिया, बस्तीपुर, श्रवणपुर, पोडाहा खोला हुँदै उदयपुरको सिवाइसम्मको सडक निर्माण अहिले तीव्रगतिमा भइरहेको उनले बताए । 

आर्थिक वर्ष २०७७/७८ मा ठेक्का पाएका बजरङग कन्ट्रक्सन काठमाडँैंले चर्खियादेखि पोडाहा खोला श्रवणपुरसम्मको सडकखण्डमा कालोपत्रका लागि अहिले माटो खसाउने र ग्राभेलको काम सुरु गरेको छ ।

 यस आर्थिक वर्षमा रु चार करोड ४० लाखको बजेटबाट बजरङ्ग कन्स्ट्रक्सन काठमाडौंले तत्काल सो सडकमा मोटो भर्ने र ग्राभेलको काम सकेपछि कालोपत्र गर्ने योजनासाथ सडक निर्माण भइरहेको जनाएको छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *