राजनीति

डा.केसीमाथिको दुर्व्यवहार, क्रूरताको पराकाष्टा : गगन थापा

काठमाडौं । कांग्रेसका नेता गगन थापाले अनशनरत डा. गोविन्द केसीमाथि गरिएको दुर्व्यवहार ‘क्रूरताको पराकाष्टा’ भएको टिप्प्णी गरेका छन्।

‘सत्याग्रहीलाई इच्छाविपरीत छुन पनि पाइँदैन,’ थापाले समाजिक सञ्जालमा लेखेका छन्, ‘तर अनशनरत डा. गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ। क्रूर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ।’

सत्याग्रहीलाई दुर्व्यवहार गरेर सरकारले आफ्नो पतनको बाटो आफै खनेको थापाको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *