राजनीति

संविधान रक्षाका निम्ति लडाइँ जारी छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षाको निम्ति राजनीतिक लडाइँ लडिरहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान, गणतन्त्रको रक्षाको निम्ति राजनीतिक लडाइँ लडिरहेको बताएका हुन् ।

उनले राष्ट्रियता, लोकतन्त्र तथा जनजिविकाको सवालमा शान्तिपूर्ण र वैधानिक लोकतान्त्रिक विधिबाट अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरूसँग देशलाई अघि बढाउने उज्यालो तथा चम्किलो गन्तव्य भएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *