स्थानिय खबर

मलेसियामा ज्यान गुमाएका १७ नेपाली मजदुरकोे शव काठमाडौं ल्याइयो

काठमाडौं । मजदुरीका लागि मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल ल्याइएको छ । शव ल्याउन नसकिएका पाँचजनाको भने अस्तु ल्याइएको छ ।

मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए३३० जहाजबाट १८ वटा शव नेपाल ल्याएको हो । मलेसियमा सदगत गरिएका एक जनाको अस्तु पनि आएको छ । बहराइनबाट पनि एकजनाको शव आजै आउने बताइएको छ ।

मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिने समस्या नेपाल ल्याउनुपर्ने शवहरू उतै अड्किएका थिए ।

आएका शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सदगत गर्ने स्थानसम्म पुर्‍याउनेछ । केही परिवारले शव ढुवानीका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिएका छन् । भने केही परिवार काठमाडौं आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *