राजनीति

वर्षाले हवाई उडान प्रभावित

काठमाडौं । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा असर पुगेको हो।

निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तर्राष्ट्रिय उडान आकाशमै फन्को लगाउने ‘होल्ड’ भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *