अर्थ

अझै हिउँदे वर्षा भएन, ७० प्रतिशतसम्म कृषि उत्पादन घट्न सक्ने

काठमाडौं । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ ।  गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।  यस वर्ष एकपटक पनि पानी परेको छैन । 

पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । ‘हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै रहेको छ’, उनले भनिन् । 

वर्षा हुनका लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनु पर्दछ । अझै एक साता वर्षा हुने सम्भावना नरहेको मौसमविद्को अनुमान  छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हिउँदयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको वरिष्ठ कृषि विज्ञ डा केदार बूढाथोकीले बताए । ‘माघ महिनाभित्र पानी परे केही राहत मिल्छ ।  धेरै नोक्सानी हुँदैन’, उनले भने । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *