अर्थ

कृषिमा बहुराष्ट्रिय कम्पनीलाई फाइदा पुग्ने गरी सरकारले गरेको निर्णयप्रति सञ्जीवनी समूहको विरोध

काठमाडौं । मुनाफा कमाउने उद्देश्यले रासायनिक मल तथा विषादी प्रयोग गरेर रासायनिक कृषिको सुरुवात गर्ने बहुराष्ट्रिय कम्पनीलाई फाइदा पुग्ने गरी सरकारले गरेको निर्णयप्रति सञ्जीवनी समूहले विरोध गरेको छ ।

सो समूहले एक विज्ञप्ति जारी गर्दै ५ पुस ०७७ को मन्त्रीपरिषद्को निर्णय र २० पुसमा राजपत्रमा प्रकाशित सूचनाको घोर भत्सना गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली किसानहरू तथा समग्र कृषि क्षेत्र नै ध्वस्त हुने र देशको खाद्य प्रणाली नै विदेशीको हातमा पुर्याउने गरी यसको दूरगामी प्रभावको ख्याल नगरी नेपाल सरकारले गरेको यस्तो हचुवा निर्णयको हामी घोर भत्सना गर्दछौं । ’

सञ्जीवनी समूहले प्रकृति मैत्री तथा जीवन मैत्री कृषि प्रणाली कायम गर्न सम्बद्ध एवम् सरोकारवाला सबै पक्षहरूलाई कृषि र किसान विरोधी निर्णयको विरुद्धको आआफ्नो ठाउँबाट आवाज उठाउन आव्हान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *