राजनीति

आङरिता शेर्पाको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने

काठमाडौं । सरकारले सोमबार निधन भएका कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । शेर्पाको किरिया खर्च समेत सरकारले व्यहोर्ने छ।

‘हिउँचितुवा’ को नामबाट चिनिएका नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा काठमाडौं जोरपाटीस्थित निवासमा सोमबार बिहान १० बजे निधन भएको थियो

उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *