पालिका खबर

पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप: महासंघ

काठमाडौं । विभिन्न संचारमाध्यमका सम्पादकलाई पूर्वमन्त्री एवं नेकपा ओली समूहका नेता महेश बस्नेतले धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै बुटवलमा आयोजित युवा भेलालाई सम्बोधन गर्ने क्रममा बस्नेतले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाले अराजकता फैलाएको भन्दै कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नाम तोकेर सार्वजनिक रुपमा धम्क्याएको उल्लेख छ ।

महासंघले जिम्मेवार पदमा बसेर काम गसिकेका व्यक्तिले सार्वजनिक रुपमा पत्रकारलाई धम्क्याएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भनेको छ ।

बस्नेतले दिएको धम्कीको भर्त्सना गर्दै महासंघले यस्ता कार्य नदोहोर्याउन सम्बन्धि पक्षको ध्यानाकर्षण गराएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *