राजनीति

प्रधानमन्त्रीलाई लिखित जवाफसहित सर्वोच्चमा उपस्थित हुन आदेश

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीसँगै चारजना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमनाथ ढुंगानालाई पनि अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अवेहलना सम्बन्धी चारवटा निवेदनमाथिको सुनुवाइपछि ढुंगानाको इजलासले प्रधानमन्त्रीसहित चारजना पूर्वप्रधानन्यायधीश र पूर्वसभामुखलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

चार जना पूर्व प्रधाननन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरी बोलेको भन्दै अलग–अलग निवेदन दर्ता भएका थिए ।

यस्तै पूर्वसभामुख ढुंगानाले पनि अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरी बोलेको भन्दै सर्वोच्चमा निवेदन दर्ता भएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *