अर्थ

सुनको कोटा प्रणालीबारे के भन्छन् राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चका अध्यक्ष लकान्द्री ?

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चका केन्द्रीय अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनको कोटा खारेज नगरी समानुपातिक ढंगले वितरण प्रणालीमा जानुपर्ने बताएका छन् ।

विकासखबरसँग कुरा गर्दै अध्यक्ष लकान्द्रीले भने, ‘सुनचाँदी व्यवसायी महासंघ र  रत्न आभूषण महासंघमार्फत् आएको कोटा अहिले खारेजीको कुरा चल्दा पहुँचवालाको हातमा मत्रै पुग्ने होकी भन्ने चिन्ता भएको छ ।’

उनले यदी कोटा खारेज भए साना तथा मझौला व्यावसायीको हातमा कोटा नपुग्ने होकी भन्ने चिन्ता रहेको बताए ।

उनले थप भने, ‘महासंघले वितरण गर्दै गरेको एकद्वार प्रणालीलाई मजबुत बनाएर समानुपातिक ढंगले वितरण गरिनुपर्छ । र, सुनको कोटा हाल १० किलोग्राम रहेको हुँदा अब थप ३० किलोग्राम माग गरिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *