अर्थ

आर्थिक विकासमा सहकारीको योगदान महत्वपूर्ण: विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका छन् ।

नेपाल सहकारी बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले देशको राजनीतिक र गैरराजनीतिक क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताए ।

सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले नै बिपी कोइरालाले देशमा सहकारी क्षेत्रलाई भित्र्याएको पनि निधिले बताए । तर पछिल्लो समय सहकारी क्षेत्रको विकासका लागि सरकारले महत्व दिएर नीति निर्माण गर्न नसकेको बताए ।

तीन खम्बे अर्थनीति अवलम्बन गरिए पनि अझै सहकारीको विकास र विस्तारको क्षेत्रमा खासै काम हुन नसकेको उपसभापति निधिको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *