पालिका खबर

६५ रुपैयाँमा खाना पाइने रेस्टुरेन्ट सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको  ‘हाम्रो टीम नेपाल’ ले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको ‘हाम्रो टीम नेपाल’ले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए । रेष्टुरेन्टबाट भएको बचत अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले बताए ।

रेष्टुरेन्टबाट नेपाली खानाको प्रवर्द्धन पनि हुने अध्यक्ष पन्तकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *