राजनीति

हाम्रो ध्यान समृद्धि, विकास र सुशासनमा केन्द्रित छः ओली

लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन् ।

सिरहा सदरमुकाममा आज आयोजित शहीद हेमनारायण यादवको १७ औँ स्मृतिसभालाई सम्बोधन उनले भने, ‘मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ ।’

अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव नभएकाले कुनै धृष्टता नगर्न उनले सुझाव दिए । प्रधानमन्त्री ओलीले सदरमुकामस्थित हेमनरायण यादवका शालिकमा माल्यार्पणसमेत गरेका थिए ।

‘संसद् विघटन संवैधानिक छ’, अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले भने, ‘संसद् विघटनलाई असंवैधानिक रहेको तर्कवितर्क गरिरहका छन्, संसद् विघटन संवैधानिक नै हो, त्यसैले अब विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने, पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्वसँग मिलेर, जोडघटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *