काठमाडौं । चर्चित गायिका अन्जु पन्तले बिहे गर्न लागेकी छन् । उनले इलामका थिर कोइरालासँग दोस्रो बिहे गर्न लागेकी हुन् ।
अन्जुकाे पहिलो विवाह गायक एवम् संगीतकार मनोजराजसँग भएकाे थियाे । मनोजसँग अन्जुको डिर्भोर्स भइसकेको छ ।
अन्जुका प्रेमी थिरले भने तत्काल विवाहको कुनै योजना नभएको बताउँदै विवाहको हल्ला चल्दा दबाब महसुस भएकाे प्रतिक्रिया दिएका छन् ।