स्थानिय खबर

केटु आरोहीलाई नागरिक अभिनन्दन गरिने

पोखरा । शिशिर ऋतुमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ ।

पोखराका पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा माघ २६ गते पोखरा विमानस्थलमा बाजागाजासहित स्वागत गर्दै बजार परिक्रमा गरेर अभिनन्दन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले भने, ‘यो नेपालको शिर उचो बनाउने निकै गर्विलो क्षण हो, विश्वमाझ नेपाललाई थप चिनाउन सफल आरोही हिरोलाई पर्यटकीय नगरी पोखरामा भव्य स्वागत गर्न पाउनु निकै खुशीको कुरा हो ।’

उनले विदशी पर्यटक नेपाल आउन खोजेपनि सरकारको नीति नियमले बाधा पुर्याइरहेको जनाउँदै कोरोनाको खोप लगाएका पर्यटकलाई सहज आगमनको व्यवस्था गर्न र गण्डकी प्रदेशले शुभारम्भ गरेको एक अर्बको व्यवसाय जीवन रक्षा कोषको पनि सबै व्यवसायीलाई सर्कुलर गरेर छिटोभन्दा छिटो कार्यान्वयनसमेत गर्न सोही पत्रकार सम्मेलनमार्फत सरकारलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *