राजनीति

प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन: प्रधानमन्त्री

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताएका छन् ।

नेकपा वाग्मती प्रदेश कमिटीले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताए ।

उनले भने, ‘जनतालाई अहिले अस्थिरता होइन चुनाव चाहिएको छ । त्यसैले देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ कसको सरकार बन्नुपर्छ भनेर ।’

उनले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाएमा प्रतिनिधिसभा विघटन गर्न अधिकार हुने बताए ।

‘बेलायतमा लिखित संविधान छैन । प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुरा लेखेको छैन तर अस्ति भर्खर संसद् विघटन गरेर चुनाव गराउनुभयो’, उनले भने, ‘यसरी प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *