स्वास्थ्य

सिरहामा कोरोना संक्रमण शून्यमा

लहान । संक्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना ससंक्रमितको संख्या शून्यमा झरेको छ ।

सिरहामा शुक्रबारसम्म कोरोना ससंक्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।

उनका अनुसार पछिल्लो केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र ससंक्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ ।

जिल्लामा हालसम्म १२ हजार ४५० को स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ नेगेटिभ तथा एक हजार ६४८ पोजेटिभ आएको थियो । तीमध्येका २५ जना ससंक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

पहिलो चरणमा तीन हजार ९३० लाई कोरोना खोप लगाउनुपर्नेमा हालसम्म ३ हजार २८७ लाई खोप लगाइसकेको प्रमुख यादवले बताए ।

जिल्लामा कोरोना संक्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेकाले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सबैसँग आग्रह गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *