पालिका खबर

प्रेस क्लबलाई एक लाख ५० हजार सहयोग

दमक । झापाको शिवसताक्षी नगरपालिकाले सताक्षी प्रेस क्लबको अक्षयकोष स्थापनाका लागि एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ ।

क्लबले करीब रु १० लाखको अक्षयकोष स्थापना गरेर सुरु गरिएको कोषमा नगरपालिकाले उक्त सहयोग दिएको हो ।

कोषमा योसँगै अहिले रु दुई लाख २० हजार जम्मा भएको छ । नगरपालिकामा पुगेर क्लबमा आबद्ध पत्रकारले कोषसँगै क्लबको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरिदिनसमेत माग गरिएको अध्यक्ष सेलिङ केसीले बताए ।

शिवसताक्षी क्षेत्रमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले पाँच वर्षअघि सो क्लब स्थापना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *