राजनीति

नेपालको विकास सुरुमार्गमा प्रवेश: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास सुरुमार्गमा प्रवेश गराएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको बताए ।

प्रधानमन्त्री ओलीले थानकोटबाट नौबिसेसम्मको सुरुङमार्ग निर्माणको काम छिट्टै सकिने बताए । ‘नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं, नेपालको विकास सुरुमार्गमा प्रवेश गरेको छ, थानकोटबाट नौबिसे सुरुङमार्ग खन्ने काम शुरु भएको छ, त्यो यहाँहरुले देख्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले ३ वर्षमा करिब ६ हजार किलोमिटर सडक कालोपत्रे गरेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सरकारले खोला र नदीका तुइनहरू विस्थापित गराएको पनि बताए । उनले विभिन्न जलविद्युत आयोजनाहरुको निर्माण सकेको र दिनदिर्नै सबस्टेस्नको निर्माण सकेर उद्घाटन भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले पञ्चेश्वर जलविद्युत आयोजना आगामी वर्षबाट बन्न शुरु गर्ने भन्दै दोधाराचाँदनीमा अर्को वर्षबाट १० क्युमेक्स पानी सिंचाइका लागि पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *