अर्थ

वैज्ञानिक भाडादरको माग गर्दै उपत्यकाका ट्याक्सी व्यावसायीहरू आन्दोलमा

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी व्यावसायीहरू आन्दोलित भएका छन् ।
शनिवार आफ्ना ट्याक्सीसहित र्याली निकालेका व्यावसायीहरू वैज्ञानिक भाडादर कायम गर्न सरकार सँग माग गरेका छन् ।

यस्तै व्यावसायीहरू बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् ।

वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पूँजी (लगानी) भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन् ।

राष्ट्रिय पूँजी भएको ट्याक्सीको संरक्षण गरी व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी ¥यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताए ।

ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ ।

ट्याक्सी व्यावसायीहरू नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यावसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *