अर्थ

दीगो विकास लक्ष्य प्राप्तिका लागि सरकारको प्रयास आवश्यकः राष्ट्रिय योजना आयोग

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले दीगो विकास लक्ष्य प्राप्तिका लागि तिनै सरकारको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । 

आइतबार दीगो विकास लक्ष्य प्रगति प्रतिवेदन २०१६/२०१९ र दिगो विकास लक्ष्य: स्थानीयकरण स्रोत पुस्तिका २०२० सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. कँडेलले दीगो विकास लक्ष्य प्राप्तिको लागि संघ, प्रदेश र स्थानीय तिनै सरकारको संयुक्त प्रयास रहनुपर्ने बताएका हुन् । 

दीगो विकास लक्ष्य प्राप्तिको लागि संघ सरकारले नीति दिने, प्रदेश सरकारले सहजीकरण गर्ने तथा स्थानिय सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

विशेषगरी स्थानीय सरकारलाई दीगो विकास लक्ष्य प्राप्तिको लागि प्रतिबद्धता साथ कार्यान्वयन गराउन नसके लक्ष्य प्राप्त हुन गाह्रो हुने उनले बताए ।  

कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य बिमला राई पौडेलले दीगो विकास लक्ष्य प्राप्तिको लागि सबै क्षेत्रसँग साझेदारी र समन्वयको वातावरण बनाउनुपर्ने बताइन् ।

 सामाजिक उत्तरदायित्व भन्दै नीजि क्षेत्रले निकै पैसा खर्च गर्ने भएकाले ती लगानीलाई एकिकृत गर्ने र खर्चको अनुगमन गर्ने हो भने आर्थिक रूपमा समस्या नहुने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दीगो विकासको प्रगति अध्ययन गर्दा रोजगारी पाउने तथा आयआर्जन हुने क्षेत्रमा प्रगति हासिल गर्न नसकिएको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *