राजनीति

देशको सबैभन्दा ठूलो समस्या कम्युनिस्टहरू भएको भण्डारीको आरोप

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले देशको सबैभन्दा ठूलो समस्या नै कम्युनिस्टहरू भएको आरोप लगाएका छन् । सत्तामा हुँदा पनि र नहुँदा पनि कम्युनिस्टहरू समस्या बन्ने गरेको उनको भनाइ थियो ।

‘कम्युनिस्टहरू सरकारमा हुँदा या नहुँदा समस्या बन्ने गरेका छन्,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै डा.भण्डारीले भने, ‘इतिहास साक्षी छ कि कम्युनिस्ट जहिले समस्या मात्र बने ।’ 

विगतमा सत्ता बाहिर हुँदा पनि सडकमा आउनेदेखि हिंसा मच्चाउनेसम्मको कार्य गरेको इतिहास स्मरण गराए । अहिले सत्तामा हुँदा आफ्नो पार्टीको विवादका कारण प्रतिनिधिसभा विघटन गरेको बताए ।

जुन संसद्बाट प्रधानमन्त्री बन्यो त्यही संसद् विघटन गर्ने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले गरेर दुर्घटनामा देशलाई लगेको टिप्पणी गरे । उनले भने, ‘नेपालका कम्युनिस्टहरू समस्या निकाल्न सक्छन् तर समाधान गर्न सक्दैनन् भन्ने पुष्टि भएको छ ।’ 

कांग्रेसले देशलाई सधै निकास दिएको भण्डारीको भनाइ थियो । उनले भने, ‘कांग्रेसले सधै त्याग गरेर भएपनि निकास दिएको छ ।’ कांग्रेसले नै देशलाई निकास दिने बताए । संविधान बचाएर कांग्रेसले नै निकास निकाल्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *