अर्थ

हुम्लामा १२ घण्टासम्म लोडसेडिङ

हुम्ला । हुम्लामा दैनिक १२ घण्टासम्म लोडसेडिङ भएपछि थालेपछि स्थानीयवासी आन्दोलित भएका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा दिनको तीन पटकसम्म गरेर १२ घण्टाभन्दा बढी विद्युत कटौती भएपछि स्थानीयवासीले विद्युत् कार्यालय घेराउ गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापरबाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गरेका हुन् ।

दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि ४ बजेदेखि राति १० बजेसम्म सधैंजसो नै विद्युत कटौती हुने गरेको स्थानीयको गुनासो छ । विद्युत् समयमै उपलब्ध नहुँदा विद्यार्थी र वृद्धवृद्धालाई बढी समस्या भएका स्थानीय महिला हंसकला रोकायाले बताइन् ।

लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका विद्यार्थीलाई विद्युत् कटौतीको मारले विद्यालयमा शिक्षकले दिएको गृहकार्य गर्न बाधा पुगेको स्थानीयवासी उमाकला रावतले गुनासो गरिन् । दिउँसोदेखि राति १२ बजेसम्म विद्युत् भार कटौती हुँदा समस्या बनाएको अर्का स्थानीयवासी सुन्तला रावतले बताए ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *