काठमाडौं । राज्यविरुद्धको अपराधमा पक्राउ गरेकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पाँच घण्टा हिरासतमा राखेर छाडेको छ ।
झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले उनलाई बिहीबार साँझ रिहा गरेको हो ।
गोर्खाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।
प्रहरीले झाँक्रीलाई महाशाखाको कार्यालयमै रहेका उनका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको हो ।