अर्थ

सुनचाँदी कालिगढको सिप विकास गर्न अक्षयकोष स्थापना

काठमाडौं । सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सिप विकास गर्ने उद्देश्यले दश लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । शुभगुरु सुनचाँदी गृहका सञ्चालकद्वय सूर्य बराल र राधा गुरुङले आफूहरूको २५औँ विवाह वर्षगाँठको अवसरमा शुभगुरु फाउण्डेशन स्थापना गरेका हुन् ।  

फाउण्डेशन स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना बनाउने कालिगढको सिप विकास र सम्मान गर्न फाउण्डेशन स्थापना हुनु महत्वपूर्ण थालनी भएको बताए ।

फाउण्डेशनका संयोजक सूर्य बरालले अक्षयकोषमार्फत सुनचाँदीको क्षेत्रमा आबद्ध कालिगढको ज्ञान, सिप, कला र विज्ञताको सम्मान गर्दै आधुनिक औजार खरिद गर्न सहयोग गरिने बताए । उनले गरिब, पिछडिएका र द्वन्द्व पीडित वर्गका कालिगढलाई सिप सिक्न छात्रवृत्तिसमेत उपलब्ध गराइने बताए ।

अभिषेक ज्वेलर्सका संस्थापक अध्यक्ष यामबहादुर गुरुङले सुनचाँदी व्यवसायका क्षेत्रमा आबद्ध कालिगढको क्षमताको उचित मुल्यांकन नभएको अवस्थामा फाउण्डेशनको प्रयास कोशेढुंगा हुने बताए । 

संखुवासभाका पूर्वसांसद डेडराज खड्काले सुनचाँदी व्यवसायलाई अझ परिस्कृत, व्यवािसयक र सम्मानित बनाउन फाउण्डेशनले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *