मनोरञ्जन राजनीति

बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ लोकार्पण

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधवकुुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लामो संघर्षबाट प्राप्त उपलब्धि रक्षाको निम्ति एक भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

शनिबार पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईद्वारा लिखित पुस्तक ‘गुमनाम आमाहरूको कथा’ को लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षाको हमला भएकोले प्रतिवाद गर्ने ठाउँमा रहेको बताए ।

यसको निम्ति मोर्चा खोलिसकिएको उनको भनाइ छ । उनले नेपालको संविधान पूर्ण छ भनेर आफूले दाबी नगरेको भन्दै नेपालको संविधानले समावेशी लोकतन्त्रको सवालमा राम्रो व्यवस्था गरेको बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय आत्मविश्वासको संकट भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणताकाको संसद् विघटन गर्न नसकिने प्रावधानको सम्झौता तथा सहमतिमाथि विश्वास घात गरेको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले जनयुद्धको जगमा आजको परिवर्तन आएकाले जनयुद्धलाई नकार्नु नहुने बताए । जनयुद्ध केही पनि थिएन भन्ने इतिहास बनाउन लागिएको भन्दै उनले जनयुद्धको योगदानको सहि मूल्यांकन गर्नुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टीका नेता अशोक राईले विचार, सिद्धान्त, दर्शन र दृष्टिकोणको हिसाबबाट हेर्दा जनयुद्ध जारी रहेको आफ्नो ठम्याई रहेको बताए ।

बन्दुक पड्काउनुपर्ने स्थितिलाई शान्ति सम्झौताले पूर्णविराम लगाएको भए पनि वैचारिक, सैद्धान्तिक हिसाबको दुई खालको घर्षण हुनुले जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *