लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केवलकारको शिलान्याश गरेका छन् । शनिबार बुटवलमा केवलकारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउने र आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाए ।
आयोजना निर्माणकर्ताहरूले एकवर्ष भित्र निर्माण सक्ने प्रतिब्द्धता जनाएकोमा प्रसंशा गर्दै उनले आयोजना बनाउने क्रममा बाटोमा परेका रुख कटानको समस्यालाई सरकारले समयमै निकास दिने आश्वासन दिए ।
प्रधानमन्त्री ओलीले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ केबलकार लोकप्रिय बन्ने विश्वास व्यक्त गरे ।
उनले लुम्बिनी र कपिलवस्तु ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुुर्याउने अपेक्षा गरे ।