अर्थ

पुनःनिर्माणका लागि भारतले दियो १ अर्ब ५४ करोड

काठमाडौं। भूकम्पपछिको पुन:निर्माणका लागि भारतले १ अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ।

शुक्रबार भारतीय दूतावासका उप-प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई १ अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन्।

भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप उक्त चेक हस्तान्तरण गरिएको हो।

भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो।

चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुन:निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ।

भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुन:निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ।

यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *