अर्थ

दिक्तेल-काठमाडौं पर्यटक बस सेवा सञ्चालन

काठमाडौं । देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौं सिधा पर्यटक बस सेवा सुरु भएको छ ।

‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौंबाट एउटा पर्यटक बस सुरुरु गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले पर्यटक बस सेवा उद्घाटन गरे ।

नेपालका मुख्य शहरहरुमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकामा सो संस्थाले दशौँ गन्तव्यअन्तर्गत दिक्तेल-हलेसी–काठमाडौं पर्यटक बस सञ्चालन सुरु गरिएको बस सेवाका अध्यक्ष एवम् नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्वअध्यक्ष सिएन पाण्डेले बताए ।

सो बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु बिमा, पर्यटकको सेवा दिने तालीम प्राप्त जनशक्ति रहेका छन् ।

प्रतिव्यक्ति रु एक हजार ५०० भाडा निर्धारण गरिएको बसको टिकट अनलाइनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको छ ।

यसअघि सुपर खोटाङ-भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौं माइक्रो भ्यान सेवा सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *