राजनीति

निर्वाचन आयोगले सूर्य चिन्ह ‘फ्रिज’ गर्न मिल्दैनः प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् ।

प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताएका हुन् ।

निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उनले गरे । अहिलेको सरकारले निर्वाचन नगराउने आरोप लगाउँदै उनले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताए । ‘बाँकी रहेको दुईवर्षे कार्यकाल सांसदहरुले गुमाउन चाहेका छैनन्’ उनले भने ।

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै अध्यक्ष दाहालले भने, ‘प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।’

उनले प्रतिपक्षी नेताको नाम खुलाएनन् । तर, पुनर्स्थापना हुँदाको समीकरणमा उनले प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने संकेत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *