मनोरञ्जन

मदनले गाए फुलबुट्टे सारीको ‘कभर’ गीत सार्वजनिक

काठमाडौं । राजनराज शिवाकोटीको गीत ‘फूल बुट्टे सारी’ को कभर गीत वरिष्ट हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठले गाएका छन् ।

मंगलबार एक कार्यक्रम आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक भएको छ । मदनले स्वर दिएको भिडियोमा मिथिला शर्मा र मदनकृष्णको अभिनय रहेको छ ।

गीतको शब्द तथा संगीत राजनराज शिवाकोटीले तयार पारेका हुन् भने सञ्जिव बराइलीले एरेञ्ज गरेका छन् । यस्तै यो गीतलाई स्याम श्वेत रसाइलीले मिक्स गरेका हुन् ।

सार्वजनिक भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन्। यो गीतलाई मोहन गुरुङले उत्पादन गरेका हुन् ।

गीतलाई यो भन्दा पहिले मार्मिक लामा, मिलन नेवार, अरिष्मा शिवाकोटीको स्वरमा रेकर्ड गरिइसकेको छ । मिलन नेवारले गाएको गीतलाई युट्युबमा ३१ लाख पटक हेरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *