राजनीति

कांग्रेस महामन्त्री डा.कोइराला कोरोना संक्रमणमुक्त

काठमाडौं । कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। उनले आफू कोरोनामुक्त भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु,पार्टीका साथीहरू,पत्रकार मित्रहरु,उपचारमा संलग्न चिकित्सक टिमलाई पुनःहृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। स्वाब परीक्षणमा मेरो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ।’

स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। उनलाई २३ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *