पालिका खबर

खुलामञ्चमा राखिएको निर्माण सामग्री हटाइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ ।

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कुलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरू र त्यहाँ काम गर्ने केही कामदारहरू अस्थाई रूपमा बस्दै आएका थिए ।

दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएका थिएनन् । काठमाडौं महानगरले खुलामञ्चभित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।

आज बिहानबाट (बुधबार) महानगरले डोजर लगाएर त्यसभित्र रहेका घर तथा टहरा साथै सबै संरचना भत्काउन थालेको छ ।

भत्काउने टोलीको संयोजन गरिरहेका काठमाडौं महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले तीन दिनभित्र खुलामञ्च खाली गरिने बताए । खुलामञ्चभित्र अहिले वीर अस्पताल बनाइरहेको चिनियाँ निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *