राजनीति

जसपाले फागुन ९ गते देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । प्रतिगमनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले देशव्यापी प्रदर्शनको घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज विहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले फागुन ९ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो । 

‘फागुन ९ गते देशका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा विरोध प्रदर्शन एवम् विरोध प्रदर्शन गर्ने’ निर्णय वैठकले गरेको छ । 

९ गते नै काठमाडौं उपत्यकामा रहेका पार्टीका भातृ एवम् जनवर्गीय संगठनहरू रत्नपार्कमा भेला भई जनप्रदर्शन एवम् विरोभसभा गर्ने निर्णय पनि बैठकले गरेको छ । 
 
५ पुसमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि जसपासहित नेकपा प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेस आन्दोलनमा छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *