राजनीति

कांग्रेसको १४ औँ महाधिवेशन भदौमा गर्न प्रस्ताव

काठमाडौं । कांग्रेसका शीर्ष नेताको बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । 

कांग्रेसको बुधबार बसेको केन्द्रीय समिति बैठकअघि शीर्ष नेताहरुले महाविधेशन मितिबारे छलफल गरि सोहीअनुसार कार्यतालिका ल्याउने प्रस्ताव गरेका हुन् । 

शीर्ष नेतृत्व तहमा जुटेको यो सहमतिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने एक नेताले बताए ।

यसअघि कांग्रेसले फागुन ७ गतेदेखि पार्टी महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । कोरोना महामारीका कारण हुननसक्ने स्विकारिए पनि उक्त कार्यतालिका आजसम्म कायम नै थियो । 

१३ औँ महाधिवेशन २०७२ सालमा फागुन २६ गते सम्पन्न भएको थियो । कार्यसमितिको निर्धारित म्याद सकिएपछि एक वर्ष थपेर २६ फागुनसम्म कायम गरिएको थियो ।

संविधानअनुसार अब ६ महिना म्याद थप गर्नसक्ने प्रावधानलाई टेक्दै कांग्रेसले भदौमा महाधिवेशन गर्न लागेको हो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *