मनोरञ्जन

फिल्म ‘प्रकाश’ को घोषणा

काठमाडौं । दिनेश राउतको निर्देशनमा नयाँ फिल्म ‘प्रकाश’ को निर्माण घोषणा गरिएको छ । मंगलबार काठमाडौं आयोजित एक कार्यक्रमबीच फिल्मको घोषणा गरिएको हो ।

फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा देखिने भएका छन् । प्रदीपका साथमा नवअभिनेत्री रेनु योगी भित्रिएकी छिन् ।

विनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा प्रदीप र रेनुको साथमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहने छ ।

महेन्द्र अधिकारीको निर्माणमा बन्न लागेको फिल्ममा राजेश श्रेष्ठको छायांकन रहने छ भने ताराप्रकाश लिम्बु, एलिस कार्की, दिपक शर्माको संगीत रहने छ । जीवन थापाको सम्पादन रहने फिल्मको कास्टिङ डाइरेक्टर भने अनुप बराल हुन् ।

जुम्लाका एक युवकको भूमिकामा प्रदीप देखिदै छन् । जसका लागि प्रदीपले ७ केजी तौल घटाइ सकेका छन् ।

प्रदीपले यतिखेर जुम्लामा बोलिने लवज सिकिरहेका छन् । नवअभिनेत्री रेनु भने अडिसन दिएर भित्रिएकी हुन्
। फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *