काठमाडौं । पछिल्लो नौ महिनामा पहिलोपटक सुनको भाउ सस्तो भएको छ । आज छापावाल सुनको भाउ प्रतितोला ८९ हजार २ सय र तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रियरूपमा सुनको मागमा कमी आउन थालेपपछि सुनको भाउमा गिरावट आएको नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताए ।
अध्यक्ष लकान्द्रीले भने, ‘अन्तर्राष्ट्रियरूपमा कोभिडको असर कम हुँदै जाँदा विश्वअर्थतन्त्रका लागानीका अन्य क्षेत्रहरु चलायमान हुनथालेका छन् । जसले गर्दा सुनमा लागानी गर्ने प्रवृत्ति परिवर्तन भएको छ । सोही कारण सुनको मागमा कमी आएको छ ।’
नेपाली रूपैयाँ डलरको तुलनामा बलियो बनेका कारणले पनि सुनको भाउमा गिरावट आएको हुन सक्ने लकान्द्रीको भनाइ छ ।
नेपालमा गत जेठमा सुनको भाउ सबैभन्दा बढी १ लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । अध्यक्ष लकान्द्रीका अनुसार अब सुनको भाउ निरन्तर ओरालो लागिरहेनछ । दिनहुँ सुनको भाउ घटबढले पनि त्यसतर्फ संकेत गरेको छ ।