पालिका खबर

९ सय ४० भूकम्पपीडित लाभग्राही सूचीबाट हट्दै

लमजुङ । निजी आवास पुनर्निर्माणका लागि लाभग्राही सूचीमा परेका तर सम्झौता गरेर १५ पुससम्म पहिलो किस्ता नलिएका भूकम्पपीडित लाभग्राही सूचीबाट हट्ने भएका छन् ।

जिल्लाका नौ सय ४० भूकम्पपीडित लाभग्राही सूचीबाट हट्ने भएका हुन् ।

लाभग्राही सूचीमा परेकामध्ये पूर्ण क्षतितर्फ ६ सय १८ जना र आंशिक क्षतितर्फ तीन सय २२ जनाले अझै पनि सम्झौता नगरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ लमजुुङले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकोे लाभग्राहीको सूचीमा परे पनि गत मंसिर मसान्तसम्म अनुदान सम्झौता नगरेका र अनुदान सम्झौता गरेर पनि १५ पुससम्म पहिलो किस्ता नलिएका भूकम्पपीडितको नाम स्वतः लाभग्राही सूूचीबाट हट्ने निर्णय गरेसँगै लमजुङका नौ सय ४० लाभग्राही सूचीबाट हट्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *