अर्थ

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको बहस सकियो

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले आज विज्ञप्तिमार्फत जनाएको छ ।
 
निर्णयअनुसार संघमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको संघले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ बाट वृद्धि भई ६७ कायम गरिएको छ ।
 
हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं–धनगढीका लागि ९० बढेको छ । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्यमा न्यूनतम १० वृद्धि गरिएको छ भने काठमाडौंबाट हुने पर्वतीय उडानमा ७० बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *