राजनीति

प्रदेश नं २ प्रमुखमा झा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उनलाई आज प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसअघि राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *