पालिका खबर

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

दोलखा । कालिन्चोक गाउँपालिका-६ लापिलाङमा गएराति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

लापिलाङको आग्रालय नजिकै थारुदेसे भन्ने बस्तीका २७ वर्षीय हिमाल थामीले २२ वर्षीया श्रीमती सुनिता थामीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर-६ का वडाअध्यक्ष मानसिंह थामीका अनुसार राति २:३० बजे घटनाबारे जानकारी आएको र तत्कालै घटनास्थल पुग्दा श्रीमान हिमाल भने फरार भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *