काठमाडौं । कोरोना भाइरसविरुद्धको १० लाख डोज आइतबार दिउँसो नेपाल आइपुगेको छ ।
भारतको सेरम इन्ष्टिच्युटबाट सरकारले किनेको खोप एयर इन्डियाको विमानबाट त्रिभुवन विमानास्थल आइपुगको हो ।
सेरमसँग सरकारले २० लाख डोज खोप किन्ने निर्णय गरेअनुसार अग्रिम भुक्तानी दिइएको थियो ।
बाँकी १० लाख डोज खोप फागुन १८ गते आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।