राजनीति

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव पेश भएको छ ।

नेकपामा फुट आएसँगै ओली समूहका राईविरुद्ध प्रचण्ड-नेपाल समूहका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

राई पक्षधरले नेकपा विधिवत् विधाजन नभएको दावी गर्दै आएको थियो । आइतबार पनि राइले सभामुखलाई पत्र पठाएर यसबारे ध्यानाकर्षण गराएका थिए ।

सभामुख प्रदीपकुमार भण्डारीले बैठक डाकेपछि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएको हो ।

अविश्वास प्रस्ताव पेश भएलगत्तै बैठक स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *