अर्थ

दराजको हाट बजार भोलिदेखि, शून्य ब्याज र किस्ताबन्दीमा सामान किन्न सकिने

काठमाडौं । दराजले भोलि फागुन ११ देखि ‘दराज हाटबजार’ सुरु गर्ने भएको छ । दराजले ग्राहकहरुका लागि महाडील, शून्य ब्याजमा मासिक किस्ता (इएमआई), खेल १ रूपैयाँको, निःशुल्क वितरण, निःशुल्क भौचरजस्ता अफरहरु ल्याएको दराजले जनाएको छ । 

दराज हाट बजारमा पाँच लाखभन्दा बढी उत्पादनहरू उपलब्ध हुने दराजले जनाएको छ । दराजले हाट बजारमा लुत्ता कपडा, ग्याजेट्स, किराना, इत्यादि सामानहरू बिक्रीमा राख्ने बताइएको छ । दराज हाट बजारमा ‘खेल १ रुपैयाँको’ गेममा भाग लिने ग्राहकहरुले १९ हजार ९९९ रुपैयाँमा नयाँ ‘मोटोरोला जी प्ले’ जित्न सक्ने छन् ।

यसबाहेक ग्राहकहरुले १५ हजार ९९० रुपैयाँमा पर्ने ‘अनर वाच म्याजिक’ घडी र २१ हजार ७२५ रुपैयाँ पर्ने ‘तीन सेटको कामिलियन्ट जक सफ्ट साइड स्पिनर सुटकेस’ जित्न सक्ने दराजले जनाएको छ । 

यस्तै, सात हजार ८४५ रुपैयाँ पर्ने ‘६ महिनाको डिसहोम इन्टरनेट प्याकेज’ पनि जित्न सक्ने दराजले जनाएको छ । प्रतियोगितामा भाग लिन ग्राहकहरूले बैंकको एटीएम कार्ड मार्फत् तोकिएका समानहरुलाई दराज एपमा दिइएको भौचर कोड प्रयोग गरी एक रुपैयाँमा भुक्तानी गर्न सक्ने दराजले जनाएको छ । 

दाराजले एनआईसी एसिया, सनराइज, सिटिजन्स र माछापुच्छ्रे बैंकसँग साझेदारी गर्दै मासिक किस्ता सेवा (इएमआइ) मार्फत् सामान खरिद गर्न सक्ने जनाएको छ । यी बैंकहरुका ग्राहकहरूले क्रेडिट कार्डको प्रयोग गरी शून्य ब्याज र डाउन पेमेन्टमा सामान खरिद गर्न सक्ने छन् ।

यस्तै ग्राहकहरूलाई बैंक डेज छुट अफर मार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा थप १५ प्रतिशत (५ सय रुपैयाँसम्म) छुट दिने पनि दराजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *