पालिका खबर

केहीदिन हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले  देशको आधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । 

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कंडेलले जानकारी दिइन् । 

‘उक्त प्रणालीको प्रभाव भोलि बेलुकासम्म रहने छ ।  ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन’ उनले भनिन् । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *